Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

एआई क्यामेरामार्फत ५९ जना पहिचान गरी पक्राउ

एआई क्यामेरामार्फत ५९ जना पहिचान गरी पक्राउ


  • 1.4K
    Shares

    एआई क्यामेरामार्फत ५९ जना पहिचान गरी पक्राउ
    images

    काठमाडौं । काठमाडौं प्रहरीले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त क्यामेराको प्रयोगबाट ५९ जना व्यक्तिको पहिचान गरी पक्राउ गरेको जनाएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा एआई क्यामेरामार्फत निगरानी बढाउँदै संदिग्ध गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी नियन्त्रणमा लिइएको जानकारी दिएको हो।

    प्रहरीका अनुसार प्रविधिको प्रयोगले अपराध नियन्त्रण, अनुसन्धान र सुरक्षा व्यवस्थापनमा सहयोग पुगेको छ। यसैबीच, प्रहरीले सेवा प्रवाहलाई थप पारदर्शी बनाउँदै बिचौलियामुक्त बनाउने काम पनि अघि बढाइएको जनाएको छ।

    प्रहरीले नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको बताएको छ।

    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - १४:४३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij