Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अनसनरत डा. गोविन्द केसीलाई धर्मशाला छाड्न व्यवस्थापन समितिको पत्र

अनसनरत डा. गोविन्द केसीलाई धर्मशाला छाड्न व्यवस्थापन समितिको पत्र


  • 813
    Shares

    अनसनरत डा. गोविन्द केसीलाई धर्मशाला छाड्न व्यवस्थापन समितिको पत्र
    images

    काठमाडौं । धनगढीस्थित कृष्ण मन्दिर व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई धर्मशाला छाड्न आग्रह गरेको छ। समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा. केसीलाई पत्र दिँदै धर्मशाला खाली गर्न अनुरोध गरेका हुन्।

    अध्यक्ष पन्तका अनुसार डा. केसी धर्मशालामा बस्नका लागि आएको भए पनि कुनै जानकारी बिना अनसन सुरु गरेपछि व्यवस्थापन समितिमाथि दबाब बढेको थियो।

    यद्यपि, धर्मशाला छाड्न दबाब कसबाट आएको भन्ने कुरा उनले खुलाएका छैनन्। यसअघि अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले डा। केसीलाई धर्मशालामा अनसन बस्न नदिन आग्रह गरेको बताइएको छ।

    व्यवस्थापन समितिले पत्र दिएपछि डा. केसीले अबको विकल्पबारे सहयोगीहरूसँग छलफल गरिरहेको उनका सहयोगी डा. अमृत जैशीले जानकारी दिएका छन्।

    जैशीका अनुसार डा. केसी पूर्वजानकारी गराएरै धर्मशालामा अनसन बसेका थिए। तर अहिले व्यवस्थापन समितिले कुन कारणले ठाउँ छाड्न भनेको हो भन्ने विषयमा जानकारी नभएको उनले बताएका छन्।

    डा। केसीले विभिन्न पाँच बुँदे माग राख्दै बिहीबारदेखि धनगढीमा अनिश्चितकालीन सत्याग्रह सुरु गरेका हुन्।

    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - १४:२६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij