Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सिरहामा गोली चलाएर पक्राउ गरिएका व्यक्ति हत्याका दोषी रहेको खुल्यो

सिरहामा गोली चलाएर पक्राउ गरिएका व्यक्ति हत्याका दोषी रहेको खुल्यो


  • 3.9K
    Shares

    सिरहामा गोली चलाएर पक्राउ गरिएका व्यक्ति हत्याका दोषी रहेको खुल्यो
    images

    काठमाडौं । सिरहाको लहानमा लागुऔषधसहित पक्राउ परेका ६ जनामध्ये एक जना व्यक्ति हत्यामा दोषी ठहर भएका व्यक्ति रहेको खुलेको छ।

    लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले बिहीबार सिरहाको लहान नगरपालिका–३ हस्पिटल चोकबाट लागुऔषध कारोबारको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणका क्रममा प्रहरीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको जनाएको हो।

    प्रहरीका अनुसार सुरुमा नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि पनि प्रतिरोध जारी राखेपछि गोली चलाउनुपरेको ब्युरोले जनाएको छ। गोली लाग्नेमा ४० वर्षीय मो। नसिर र भारतीय नागरिक २२ वर्षीय विद्यानन्द यादव रहेका छन्। नसिरको बायाँ खुट्टा र यादवको दायाँ खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।

    उनीहरूसहित प्रहरीले भारतीय नागरिक विद्यानन्द यादव, मो. नसिर, शम्भुप्रसाद यादव, मो. जमाहिर आलम, मो. इमामुदिन र वैधनाथप्रसाद यादवलाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरूको साथबाट २४३ ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।

    लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार पक्राउ परेका मो। नसिर सप्तरीकै एक व्यक्तिको हत्यामा दोषी ठहर भएका व्यक्ति हुन्। उनलाई अदालतले २५ वर्ष कैद सजाय सुनाएको थियो।

    नसिर सुनसरीस्थित झुम्का कारागारमा कैद भुक्तान गरिरहेका बेला जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेको प्रहरीको दाबी छ। कारागारबाट फरार भएपछि उनी पुनः लागुऔषध कारोबारमा संलग्न भएको हुनसक्ने भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - १४:०२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij