२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित टेलिकम नजिकबाट एसएलआरको ६ राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं नक्साका ४३ वर्षीय विकास महर्जन छन् ।
उनलाई प्रहरी चौकी जोरपाटीले पक्राउ गरेको हो । ग्यास सिलिन्डर चोरीको आशंकामा उनको कोठा जाँच गर्ने क्रममा गोली भेटिएको प्रहरीले बताएको छ ।
प्रहरी वृत्त बौद्धमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij