२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । भारत भ्रमणमा रहेका नेपालसहित विभिन्न देशका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूलाई भारतीय सर्वोच्च अदालतले शुक्रबार औपचारिक स्वागत गरेको छ। भारतका प्रधानन्यायाधीश सूर्य कान्तले उनीहरूलाई इजलास नम्बर १ मा स्वागत गरेका हुन्।
भारतमा आयोजित एक अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन पुगेको सो प्रतिनिधिमण्डलमा नेपालका प्रधानन्यायाधीश मनोजकुमार शर्मा, बेलायतको सर्वोच्च अदालतका न्यायाधीश, भुटानको सर्वोच्च अदालतका न्यायाधीशका साथै ब्राजिल र केन्याका न्यायाधीशहरू रहेका छन्।
कार्यक्रममा भारतका महान्यायाधिवक्ता आर वेन्कटारमणीले विदेशी प्रतिनिधिमण्डललाई स्वागत गर्दै भारत विविध परम्परा र न्यायिक मूल्य–मान्यताको सङ्गमस्थल रहेकोबारे जानकारी गराएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij