Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या


  • 4.6K
    Shares

    खुकुरी प्रहार गरी महिलाको हत्या
    images

    काठमाडौं । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार आज बिहान स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०–४५ वर्षीया रेनुदेवी जयसवालमाथि धारिलो हतियार ९खुकुरी० प्रहार भएको थियो। खुकुरी प्रहारबाट उनको घाँटीमा गम्भीर चोट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका–८ इटहर बेलाही टोल स्थायी घर भई हाल गुजरा नगरपालिका–५ हरिहरपुरमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले रेनुदेवीमाथि खुकुरी प्रहार गरेका हुन्।

    घटनापछि आक्रोशित स्थानीयवासीले उपेन्द्रमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

    घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लक्ष्मिनियाबाट इन्स्पेक्टर रादेश कुमार खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। हाल घटनास्थलमा कानुनी प्रक्रिया पूरा गर्ने कार्य भइरहेको तथा घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

     

    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - १३:१९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij