२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद बब्लु गुप्ता ट्राफिक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरी कार्यालय लहानले ट्राफिक नियम उल्लंघन गरेको ठहर गर्दै सांसद गुप्तालाई ५ सय रुपैयाँ जरिवाना गरेको जनाएको छ। जरिवाना बुझाएपछि ट्राफिक प्रहरीले उनलाई जरिवाना रसिदसमेत हस्तान्तरण गरेको छ।
भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सांसद गुप्ताको व्यापक आलोचना भएको थियो। त्यसपछि सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै उनले आफ्नो व्यवहारप्रति क्षमायाचना गरेका थिए। साथै, आफू कानुनी कारबाही स्वीकार गर्न तयार रहेको पनि बताएका थिए।
ट्राफिक प्रहरीले सार्वजनिक सडकमा जोखिमपूर्ण स्टन्ट गर्नु कानुनविपरीत भएको उल्लेख गर्दै सोही आधारमा कारबाही गरिएको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij