Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर


  • 694
    Shares

    बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर
    images

    काठमाडौं । नेपाल बाल सङ्गठन (बाल मन्दिर) मा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीहरूले अनाथ बालबालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोगपत्र दर्ता गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो ।

    मुद्दा दायर गरिएकाहरूमा बाल मन्दिरका तत्कालीन योजना प्रमुख एवं हाल काठमाडौं महानगरपालिका वडा नं. ११ की सदस्य आशा श्रेष्ठ, काठमाडौं जिल्ला समितिका तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य रहेका छन् । यी तीनै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसैगरी फरार रहेका युरी कुमारी राई तत्कालीन सभापति, तत्कालीन कोषाध्यक्ष दीपकदास श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति भगवान शाक्य र तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरुद्ध पनि मुद्दा दायर भएको छ ।

    यस प्रकरणमा मुख्य भूमिका देखिएकी संगठनकी तत्कालीन केन्द्रीय अध्यक्ष रिता सिंह वैद्यको भने मृत्यु भइसकेकाले उनलाई प्रतिवादी बनाइएको छैन । उच्च स्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रहरी अनुसन्धानका आधारमा मुद्दा दर्ता गरेको हो ।

    सीआइबीको अनुसन्धान प्रतिवेदन अनुसार तत्कालीन अध्यक्ष रिता सिंहले नक्सालस्थित बाल मन्दिरको २९ रोपनी जग्गा बिना कुनै सार्वजनिक सूचना र प्रतिस्पर्धा मनोजकुमार मिश्रलाई भाडामा दिने सम्झौता गरी ७५ लाख रुपैयाँ नगदै बुझेको भेटिएको छ । 

    गाडी खरिद घोटालामा राजेन्द्रकुमार श्रेष्ठले आफ्नो नाममा गाडी किनेर त्यसको किस्ता बाल मन्दिरको कोषबाट तिरेको र सो गाडी तत्कालीन सभापति भगवान शाक्यले व्यक्तिगत रूपमा प्रयोग गरेको भेटिएको छ । 

     

    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - १२:३६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij