Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेपाल आयल निगमले घटायो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य

नेपाल आयल निगमले घटायो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य


  • 6.7K
    Shares

    • images
    नेपाल आयल निगमले  घटायो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य
    images

    काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन (अन्तराष्ट्रियतर्फ)को मूल्य कटौती गरेको छ । अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य बढी भएका कारण नेपालबाट सञ्चालित वायुसेवा कम्पनीको प्रतिष्पर्धी क्षमता कम भएको गुनासो एयरलाइन्सले गरेका थिए ।

    सोहीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको छलफलपछि यस्तो निर्णय लिइएको निगमले जनाएको छ ।

    निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी हवाई इन्धनको मूल्यमा २० प्रतिशत कटौती गर्ने निर्णय गरेको हो । यस अनुसार अब हवाई इन्धनको मूल्य अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ७१५ अमेरिकी डलरमा झरेको छ । निगमले प्रतिकिलोलिटर १७८ अमेरिकी डलर मूल्य कटौती गर्ने निर्णय लिएको हो ।

    निगमले हवाई इन्धनबाट पाक्षिक १ करोड ५० लाख नाफा आर्जन गरिरहेको थियो । तर, यो नाफा एलपी ग्यासमा भइरहेको पाक्षिक ५० करोडको तुलनामा निकै कम भएको भन्दै मूल्य घटाउन राजी भएको हो ।

    निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले कोरोनाका कारण सिर्जना भएको यो अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा बढीमा १५ प्रतिशत मात्र नाफा राखेर घटाउने निर्णय गरेको हो ।

    आयल निगमको यो निर्णयसँगै अब नेपाल वायुसेवा निगमको वाइडबडीको भाडामा १३ प्रतिशत र न्यारोबडीको भाडामा १५ प्रतिशतसम्म कटौती भएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २४ २०७८ सोमवार - १३:४०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij