Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विमानस्थलमा साढे ६ लाख नगदसहित उपसचिव पक्राउ

विमानस्थलमा साढे ६ लाख नगदसहित उपसचिव पक्राउ


  • 1.8K
    Shares

    विमानस्थलमा साढे ६ लाख नगदसहित उपसचिव पक्राउ
    images

    काठमाडौं । विराटनगर विमानस्थलबाट काठमाडौं उड्न लागेका एक सरकारी कार्यालयका प्रमुख स्रोत नखुलेको नगदसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख तथा उपसचिव मिक्मार तामाङ रहेका छन्।

    प्रहरीका अनुसार साउन ३ गते बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका तामाङलाई विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा नियन्त्रणमा लिइएको हो।

    सुरक्षा जाँचका क्रममा उनले बोकेको कालो झोलाभित्र लुकाइराखिएको अवस्थामा ६ लाख ६५ हजार रुपैयाँ नगद फेला परेको थियो। बरामद रकममध्ये १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट रहेको प्रहरीले जनाएको हो।

    रकमको वैधानिक स्रोतबारे सोधपुछ गर्दा तामाङले विश्वसनीय प्रमाण वा सन्तोषजनक जवाफ दिन नसकेपछि विमानस्थल प्रहरीले उनलाई नगदसहित नियन्त्रणमा लिएको थियो।

    विमानस्थलबाट नियन्त्रणमा लिइएका तामाङलाई थप अनुसन्धानका लागि सोही दिन जिल्ला प्रहरी कार्यालय मोरङको आर्थिक अपराध शाखामा बुझाइएको थियो।

    घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० कवित कटुवालले अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

    उनका अनुसार पक्राउ परेका उपसचिवले बरामद रकमको स्रोत पुष्टि गर्न नसकेकाले कानुनी प्रक्रिया अघि बढाइएको छ। अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

     

    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - १२:०२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij