Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपाका सांसद गणेश पौडेलमाथि मसी प्रहार

रास्वपाका सांसद गणेश पौडेलमाथि मसी प्रहार


  • 820
    Shares

    रास्वपाका सांसद गणेश पौडेलमाथि मसी प्रहार
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेललाई मसी प्रहार गरिएको छ । रौतहटको गढीमाई नगरपालिकाका स्थानीयवासीले सांसद पौडेललाई मसी प्रहार गरेका हुन् ।

    बिहीबार राति जनतासँग भेटघाट गर्ने क्रममा त्यहाँका स्थानीय युवाले सांसद पौडेलमाथि पछाडिबाट मसी प्रहार गरेका छन् । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को गढीमाई वडा नम्बर ४ मा आयोजित कार्यक्रममा सहभागी भएर फर्किने बेला मधेसी मुक्ति अभियानका कार्यकर्ताहरूले नारा लगाउँदै सांसद पौडेलमाथि कालोमसी फ्यालेका थिए । सांसद पौडेलले समेत घटनाको पुष्टि गरेका छन् ।

    उनका अनुसार आक्रमणकारीहरू कालोमोसो फ्यालेर उखुबारीतिर भागेका छन् । मधेसी मुक्ति अभियानका कार्यकर्ताहरूले झन्डासहित त्यहाँ नारा पनि लगाएका थिए ।

     

    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - ११:४१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij