Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु


  • 1.3K
    Shares

    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
    images

    काठमाडौं । झापाको कमल गाउँपालिका-५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर बिहीबार जवान सुदिम खत्रीको मृत्यु भएको जानकारी दिए । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ घर भएका ३० वर्षीय खत्रीलाई बिहीबार साँझ करिब ५ बजे गणभित्र विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो ।

    करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक केसीका अनुसार मृतक खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीइभीटी०बाट तालिम प्राप्त गर्नुभएको थियो । घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - १०:४१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij