२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमामा थन्क्याइएका सचिव गोविन्द शर्माले पदबाट राजीनामा दिएका छन् ।
सचिव शर्माले साउन १ गते पेस गरिएको साउन ४ गतेबाट लागु हुनेगरी राजीनामा दिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिए ।
प्रवक्ता अर्यालका अनुसार सचिव शर्माको राजीनामा साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ ।
फागुन २१ गते अनिवार्य अवकाशमा जान लागेका सचिव शर्माले त्यसको ३ साता अगाडि १ गते नै राजीनामा दिएका हुन् ।
मुख्यसचिव बन्ने दौडमा रहेका शर्मालाई गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि एकै पार्टीको सहज बहुमतका प्रधानमन्त्री बनेका बालेन्द्र शाहले मन्त्रालयविहीन बनाएर अतिरिक्त समूहमा थन्क्याएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij