२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राधिका दासीको उजुरीका आधारमा पक्राउ परेर बिहीबार नै हाजिर जमानीमा रिहा भएकी बेदिका केसी आज पुनः साइबर ब्युरोमा हाजिर हुने भएकी छिन् ।
ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक ९एसपी० दिलीप गिरीका अनुसार केसीलाई शुक्रबार उपस्थित हुने गरी बिहीबार हाजिर जमानीमा छाडिएको थियो ।
एसपी गिरीले घटनाबारे अनुसन्धान भने जारी रहेको जानकारी दिएका छन्। उनका अनुसार उजुरीमा उठाइएका विषयमा आवश्यक प्रमाण संकलन, बयान तथा प्राविधिक विश्लेषणको प्रक्रिया अझै चलिरहेको छ।
अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ। राधिका दासीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध मानहानि तथा साइबर अपराध भएको भन्दै साइबर ब्युरोमा उजुरी दर्ता गराएकी थिइन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij