२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । नेपाल प्रहरीको प्राविधिक तर्फ विभिन्न पदमा बढुवा सिफारिस गरिएको छ ।
बिहीबार बसेको बढुवा समितिको बैठकले प्राविधिक समूह इन्जिनियरिङ उपसमूहको सञ्चारतर्फ ३ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिस हुनेमा ईं।अमरेन्द्रप्रसाद सिंह, रामबाबु राना र अभयकुमार झा रहेका छन् ।
सञ्चारतर्फकै ३ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ । सिफारिस हुनेमा ईं निशा चौधरी, ईं सन्जिप दाहाल र ईं रमेशकुमार शाह रहेका छन् ।
इन्जिनियरिङ उपसमूहको सवारीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक मिनप्रसाद खत्रीलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । प्राविधिक समूह इन्जिनियरिङ उपसमूह मेकानिकल तर्फ ईं अञ्जनराज खरेललाई इन्स्पेक्टरबाट डीएसपीमा बढुवा सिफारिस गरिएको छ । इन्जिनियरिङ उप समूहको सवारीतर्फका डीएसपी अनुप श्रेष्ठलाई एसपी पदमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij