Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल

भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल


  • 1.8K
    Shares

    भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल
    images

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आम जनता र ‘भुइँ मान्छे’का समस्यासँग जोड्दै नयाँ शिराबाट अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

    ४४ औँ वीपी स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले वीपी कोईरालाको समयमा जस्तै काँग्रेसलाई सबै वर्ग र समुदायको साझा अभियानका रूपमा विकसित गर्नुपर्ने बताएका हुन्। महामन्त्री पौडेलले वीपी कोईरालाको नेतृत्वमा काँग्रेसले समाजका हरेक मुद्दालाई स्पष्ट रूपमा बोकेको स्मरण गरेका छन्। 

    परिवर्तित परिस्थितिमा काँग्रेसले नयाँ संकल्प र अभियानका साथ अघि बढ्नुपर्ने बताउँदै उहाँले पार्टीलाई सिर्जनात्मक र संगठित बनाउने प्रयास भइरहेको उल्लेख गरेका छन् । महामन्त्री पौडेलले नेपाली काँग्रेसको सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाइएको जानकारी दिएका छन् । प्रविधिको प्रयोगका कारण केही प्राविधिक कठिनाइ भएपनि ८० प्रतिशतभन्दा बढी सदस्यले डिजिटल माध्यमबाट आफ्नो विवरण अद्यावधिक गरिसकेको उनले बताएका छन् ।

    अब हरेक क्रियाशील सदस्यसँग डिजिटल परिचयपत्र हुने र उनीहरूले आफ्नो विवरण आफैँ परिमार्जन गर्नसक्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । यसले पार्टीभित्र पारदर्शिता कायम गर्न र नेतृत्वसँग सदस्यहरूको सीधा संवाद स्थापित गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् । पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न काँग्रेसले उम्मेदवार छनोट प्रक्रियामा ‘प्राइमरी’ निर्वाचनको अवधारणा ल्याउन लागेको पौडेलले जानकारी दिएका छन् । 

    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - १६:५३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij