Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बागमतीका ३ विना विभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मेवारी

बागमतीका ३ विना विभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मेवारी


  • 1.9K
    Shares

    बागमतीका ३ विना विभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मेवारी
    images

    काठमाडौं । बागमती प्रदेशका विना विभागीय मन्त्रीहरूले जिम्मेवारी पाएका छन् । सत्ता गठबन्धनबाटबाट एमाले अलग भएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ३ जना विना विभागीय मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन् ।

    मुख्यमन्त्री बानियाँले प्रदेशको ८ मन्त्रालय मध्ये रिक्त रहेका ३ मन्त्रालयमा मन्त्रीहरूको जिम्मेवारी तोकेका छन् । कांग्रेसका विना विभागीय मन्त्री विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र उर्मिला नेपाललाई कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।

    मुख्यमन्त्री बानियाँको क्याविनेटमा यसअघि कांग्रेसका ३ मन्त्रीले जिम्मेवारी सम्हाल्दै आएका छन् । कांग्रेसबाट स्वास्थ्य तथा सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे, आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री शिवराज अधिकारी र आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ जिम्मेवारीमा रहेका छन् ।

     

    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - १६:२६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij