२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । एकता एकेडेमी, गोदावरी–१२, ठेचोको आयोजना तथा गोदावरी नगरपालिका–१२, २४ वडा र फाइट फर लाइफ नेपालको सहयोग एवम् मातृका आई सेन्टरको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रबाट २०० भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् भने ३३ जनाले मोतिबिन्दुको निःशुल्क शल्यक्रियाको सिफारिस प्राप्त गरेका छन् । उक्त कार्यक्रम एकता एकेडेमीकी प्राचार्य श्रीमती इन्दिरा शर्माको सभापतित्व र गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा फाइट फर लाइफ नेपालकी अध्यक्ष हेमा मानन्धर, चापागाउँ शाखाकी अध्यक्ष सुनिला खड्गी, लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एलका जोन चेयरपर्सन दिलकुमार महर्जन, फाइट फर लाइफ नेपालकी कोषाध्यक्ष कृषा महर्जन (मिस नेवा), सचिव सकिना महर्जन (मिस नेवा), मातृका आई सेन्टरका अस्पताल प्रबन्धक डा. कल्याण ढुंगाना, विशेष अतिथि एम्न् भुगोल शेरचन, एम्न् मणिश्री बज्राचार्य, ललितपुर महानगरपालिका–२४ का वडा अध्यक्ष दिनेश जंग पाण्डे, गोदावरी नगरपालिका–१२ का वडा अध्यक्ष जगत बहादुर महर्जन, एकता एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष प्रकाश बाबु थापा, सबिना मास्के, मातृका आई सेन्टरका प्रतिनिधिहरू, विभिन्न लायन्स क्लबका पदाधिकारीहरू लगायत समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
अनुभवी आँखा विशेषज्ञहरूको टोलीले आँखासम्बन्धी विभिन्न समस्याको परीक्षण गरी आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराएको उक्त कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता, अभिभावक, स्थानीयवासी तथा युवाहरूको सहभागिता रहेको थियो । रक्तदान जस्तो जीवनदायी अभियानले कार्यक्रमलाई थप सामाजिक महत्व प्रदान गरेको आयोजकले जनाएको छ ।
एकता एकेडेमीकी प्राचार्य श्रीमती इन्दिरा शर्माले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी संस्था, अतिथि, अभिभावक, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूलाई हार्दिक धन्यवाद दिंदं रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम भएको धारणा राखिन् ।
प्रमुख अतिथि गजेन्द्र महर्जनले विद्यालय, स्थानीय सरकार तथा सामाजिक संस्थाबीचको सहकार्यबाट समुदायलाई प्रत्यक्ष लाभ पुग्ने यस्ता स्वास्थ्य सेवामूलक कार्यक्रम अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । ललितपुर महानगरपालिका–२४, धापाखेलका वडा अध्यक्ष दिनेश जंग पाण्डेले पनि कार्यक्रमको प्रशंसा गर्दै कार्यक्रम उत्कृष्ट र जनमुखी धारणा राख्दै यस्ता कार्यक्रममा सदैव रहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रम सफल बनाउन गोदावरी नगरपालिका–१२ वडा कार्यालय, ललितपुर महानगरपालिका–२४ वडा कार्यालय, फाइट फर लाइफ नेपाल, मातृका आई सेन्टर, लायन्स क्लबहरू, सम्पूर्ण विशिष्ट अतिथि, अभिभावक, स्थानीयवासी, शिक्षक, कर्मचारी तथा स्वयंसेवकहरूले पु¥याएको अमूल्य सहयोगप्रति एकता एकेडेमीले आभार व्यक्त गरेको छ ।
विद्यालयले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवासम्बन्धी जनहितका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै विद्यार्थी तथा समुदायको समग्र हितमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij