Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता

प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता


  • 2.0K
    Shares

    प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता
    images

    काठमाडौं । पूर्वमन्त्री रञ्जिता श्रेष्ठले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छिन् । 

    नेकपा नेतृ समेत रहेकी श्रेष्ठले बिहीबार प्रचण्डसँग समसामयिक राजनीतिक परिस्थिति तथा प्रदेश संरचनालगायतका विषयमा छलफल भएको बताइन् । 

    नेपालको राजनीतिक परिवर्तनका महत्वपूर्ण अध्यायहरूमा प्रचण्डले निर्वाह गरेको नेतृत्वदायी भूमिका, जटिल परिस्थितिमा पनि निर्णय लिन सक्ने दृढता, राजनीतिक दूरदृष्टि तथा संवादमार्फत निकास खोज्ने क्षमताले नेपाली राजनीतिमा विशेष स्थान बनाएको उनले बताइन्।

    उनले कुनै पनि राजनीतिक संगठनको दीर्घायु र विश्वसनीयता व्यक्तिको इच्छाभन्दा विधि, विधान, नीति, सामूहिक निर्णय र नेतृत्वप्रतिको जिम्मेवार प्रतिबद्धतामा निर्भर हुने समेत बताइन् । 

    प्रचण्डसँगको भेटले नेतृत्वको अनुभव, संगठनात्मक अनुशासन र राष्ट्रहितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकतालाई अझ स्पष्ट रूपमा अनुभूत गरा चर्चा गर्दै उनले यही सिद्धान्त र मान्यताप्रति सदैव प्रतिबद्ध रहने बताइन् । 

    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - १६:१०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij