Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जैविक कृषिको प्रवर्द्धन र मलमा अनुदान दिन सरकार सकारात्मक

जैविक कृषिको प्रवर्द्धन र मलमा अनुदान दिन सरकार सकारात्मक


  • 659
    Shares

    जैविक कृषिको प्रवर्द्धन र मलमा अनुदान दिन सरकार सकारात्मक
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले जैविक कृषिको प्रवर्द्धन, उत्पादन तथा निर्यातका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। बिहीवार सिंहदरबारमा नेपाल अग्र्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँगको छलफलमा उनले यस्तो बताएको नेपाल अग्र्यानिक संघका अध्यक्ष दीपक बास्कोटाले प्रधानमन्त्री साहको भनाइ उद्धृत गर्दै जानकारी दिएका हुन् । 

    उनकाअनुसार प्रधानमन्त्री साहले जैविक कृषिको उत्पादन प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यवसायीहरुसँग छलफल गरेका छन् । भेटका क्रममा आफूहरुले जैविक कृषि प्रवर्द्धनका लागि मलमा अनुदान दिनुपर्ने माग राखेको उक्त माग सम्बोधन गर्न प्रधानमन्त्री एकदमै सकारात्मक रहेको बताएका छन्। 

    अध्यक्ष बास्कोटाले अग्र्यानिक चियाको उत्पादन र निर्यातमा देखिएका चुनौती तथा नीतिगत सुधारको आवश्यकता प्रधानमन्त्रीसमक्ष लिखित रुपमा बुझाएको बताएका छन् । जवाफमा प्रधानमन्त्री साहले अग्र्यानिक चियाको अन्तर्राष्ट्रिय बजार पर्याप्त रहेकाले उत्पादन वृद्धि र किसानलाई प्रोत्साहन गर्नेगरी काम गर्ने बताएको उनले जानकारी दिएका छन् ।

    उनले भने, ‘हामीलाई प्रधानमन्त्रीज्युले अग्र्यानिक अभियानको बारेमा कुरा गर्ने भनेर नेपाल अग्र्यानिक एशोशिएशनको तर्फबाट हामीलाई बोलाउनु भयो । एशोशिएशनका सचिव र सदस्यसहित खासगरी चिया कफीको क्षेत्रमा काम गर्ने हामीहरु पाँच जनाले भेट ग¥यौं । चियाको निर्यातमा अवरोध भएको कुरामा अग्र्यानिक चियालाई भएको होइन । अग्र्यानिक चिया उत्पादनको क्षेत्रमा चुनौती धेरै छन् । जतिधेरै मेहनत ग¥यो, जति उत्पादन ग¥यो त्यतिधेरै बजार छ । स्वास्थ्यको हिसावले पनि स्वस्थकर अग्र्यानिक चिया उत्पादनमा देखिएका समस्या समाधान गर्ने विषयमा हामीलाई प्रधानमन्त्रीज्यूलाई जाहेर ग¥यौ । उहाँ यस विषयमा अत्यन्तै सकारात्मक हुनुहुन्छ । हामीले अग्र्यानिक कृषिको प्रवद्र्धनको लागि लिखित माग समेत राख्यौँ । उहाँले उक्त मागको कार्यान्वयनको लागि हाम्रै अगाडि सचिवालयलाई निर्देशन समेत दिइसक्नुभयो ।’

     

    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - १५:३८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij