२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । व्यवसायी दिपक भट्टविरुद्धको मुद्दामा मृगेन्द्रनाथ रिमाल पनि पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार खनाललाई काठमाडौं महानगरपालिका-७, सिफलबाट पक्राउ गरेको हो।
व्यवसायी दिपक भट्टविरुद्ध बीमा ऐन, २०७९ र धितोपत्र ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा चलिरहेको छ। त्यही मुद्दाका क्रममा रिमाललाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको ब्युरोले जनाएको छ।
बिहीबार नै ब्युरोले रिमाललाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको छ। उनलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद थपको प्रक्रिया चलिरहेको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij