Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जेमिनी रिसाइकल नेपालले आइपीओ ल्याउने

जेमिनी रिसाइकल नेपालले आइपीओ ल्याउने


  • 1.2K
    Shares

    जेमिनी रिसाइकल नेपालले आइपीओ ल्याउने
    images

    काठमाडौं । जेमिनी रिसाइकल नेपाल कम्पनीले आइपीओ ल्याउने भएको छ। आइपीओ ल्याउने एजेन्डा पारित गर्न कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ।

    कम्पनीले साउन २२ गते विशेष साधारणसभा बोलाएको हो। सभा मोरङको बुढीगंगास्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा दिउँसो ३ बजेबाट सुरु हुने भएको छ।

    सभाले जारी पुँजीको २० प्रतिशतले हुन आउने १० लाख कित्ता आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ। सभाले जगेडा कोषमा रहेको संस्थापक शेयर प्रिमियम मूल्यमा जारी गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्ने भएको छ।

    सभाले आइपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाउने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव स्वीकृत गर्नेछ।

     

    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - १४:१५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij