२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काठमाडौंको चोभारमा पौडी खेल्न बागमतीमा हामाफालेका युवक बेपत्ता भएका छन् ।
कपडा र मोबाइल नदी किनारमा राखेर जलबिनायक मन्दिर नजिकबाट युवक हामफालेका हुन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले बताएका छन् ।
साथीहरुसँग चोभारमा गएका युवक ‘गर्मि भयो’ भन्दै नदीमा पौडी खेल्न भनेर हामफालेका हुन् । उनको पहिचान खुलेको छैन । उद्धारका लागि प्रहरीको विपद् व्यवस्थापनको टोली र सशस्त्रका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij