Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

झापाका १८ परिवार बने जग्गाधनी, पाए लालपुर्जा

झापाका १८ परिवार बने जग्गाधनी, पाए लालपुर्जा


  • 1.2K
    Shares

    झापाका १८ परिवार बने जग्गाधनी, पाए लालपुर्जा
    images

    काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकामा वर्षौंदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका १८ परिवारले आफ्नै नामको जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

    जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार आयोजित कार्यक्रममा ती परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको हो। पुर्जा पाएसँगै उनीहरू कानुनी रूपमा सम्बन्धित जग्गाका आधिकारिक धनी बनेका छन्।

    लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका स्थानीयका लागि लालपुर्जा वितरणले उनीहरूको बसोबासलाई कानुनी मान्यता दिलाएको छ। यसले भविष्यमा बैंकिङ सेवा, सरकारी सुविधा तथा सम्पत्तिसम्बन्धी अन्य कानुनी अधिकार उपयोग गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ।

    भूमि व्यवस्था मन्त्रालयका अनुसार सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राखेर देशभर लालपुर्जा वितरण अभियानलाई तीव्र बनाएको छ।

     

    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - १४:००:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij