२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा उनी चीन भ्रमणमा जाने भएका हुन् । परराष्ट्र मन्त्रालयका एक सहसचिवका अनुसार सभापति लामिछानेको भ्रमण पार्टीगत हो । तर त्यसमा परराष्ट्र मन्त्रालयले पनि समन्वय गरिरहेको उनको भनाइ छ ।
भ्रमण साउनमा हुने कि भदौमा भन्नेबारे अन्तिम टुंगो लाग्न बाँकी रहेको छ । दुवैतर्फको समन्वयमा मिति तय हुने बताउँदै उनले त्यसमा पनि मिति सरकारी तहबाट भन्दा पार्टी तहबाट हुने बताएका छन् ।
यसअघि सभापति लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणमा पाँच दिने भ्रमण पूरा गरी जेठ २२ गते स्वदेश फर्केका थिए । भारतबाट फर्के लगतै सभापति लामिछानेलाई चीन भ्रमणको निम्तो आएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij