Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी पक्राउ

त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी पक्राउ


  • 1.3K
    Shares

    त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी पक्राउ
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थलबाहिर शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शन गर्ने २३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा त्रिभुवन विश्वविद्यालय स्ववियु उपसभापति सनम वली, त्रिवि स्ववियु सचिव हिक्मतकुमार बुढा, शंकरदेव क्याम्पसका अखिल संयोजक दिनेश रेग्मी, कुलबहादुर बुढा, डम्बरसिङ ऐरी, प्रकाश सन्जेल लगायत रहेका छन् ।

    उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ । त्रिवि स्ववियू सभापति दीपकराज जोशीले त्रिविको स्थापना दिवस कार्यक्रम स्थलमा प्रवेश गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन् । 

    विद्यार्थीहरूले मेरिटोक्रेसी लागू गर्न, कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री हुने व्यवस्था खारेज गर्न तथा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न माग गरेको प्लेकार्ड बोकेका थिए ।

    शिक्षामन्त्री सहभागी भएको कार्यक्रम स्थलबाहिर ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका ६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - १३:२५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij