Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको बयान सुरु

दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको बयान सुरु


  • 1.4K
    Shares

    दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको बयान सुरु
    images

    काठमाडौं । बैंकिङ कसुरमा मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको उच्च अदालत पाटनमा बयान सुरु भएको छ । उच्च अदालतका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासमा यति बेला बयान चलिरहेको छ । 

    उक्त मुद्दामा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष रहेका भट्ट, जगदम्बा स्टिल्सका सञ्चालक शङ्करलाल अग्रवाल, शुलभ अग्रवाल र शाहिल अग्रवाललाई प्रतिवादी बनाइएको छ । गत जेठ २८ गते उनीहरूविरुद्ध बैंकिङ कसुरअन्तर्गत ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको थियो ।

    बैंकबाट लिएको कर्जा प्रयोजनविपरीत प्रयोग गरी दुरुपयोग गरेको अभियोगमा उच्च सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो । जगदम्बा स्टिल्सका लागि लिइएको ‘वर्किङ क्यापिटल लोन’को रकम भट्ट र अग्रवालको मिलेमोतोमा इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि–इन्स्योरेन्समा लगानी गरेको र जग्गा खरिदका लागि बैना गर्न प्रयोग गरिएको दाबी अभियोग पत्रमा गरिएको छ । 

    अभियोग पत्र दर्ता हुँदा फरार जनाइएका शङ्करलाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले बुधबार पक्राउ गरी उच्च अदालत पाटनमा हाजिर गराएको थियो । उनको बयान जारी छ ।  

     

    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - १३:१६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij