२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । घरेलु हिंसासम्बन्धी मुद्दाको शीघ्र सुनुवाइको माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र पुगेका दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक निषेधित क्षेत्रमा प्रवेश गरी विरोध प्रदर्शन गर्न पुगेकी निहारिका राजपुत र बिनु यादवलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले निषेधित क्षेत्रको सुरक्षा व्यवस्था उल्लंघन गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
निहारिका राजपुत र बिनु यादव घरेलु हिंसामा परेको भन्दै आफ्नो मुद्दाको छिटो सुनुवाइ र न्यायको मागसहित केही दिनदेखि आन्दोलन गर्दै आएका छन्। उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री निवास क्षेत्रमै पुगेर विरोध जनाएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij