Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

झलनाथ खनाल साताव्यापी चीन भ्रमणमा

झलनाथ खनाल साताव्यापी चीन भ्रमणमा


  • 631
    Shares

    • images
    झलनाथ खनाल साताव्यापी चीन भ्रमणमा
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा साताव्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । 

    खनाल सिचुवान एयरलाइन्सको उडानमार्फत बिहीबार चीनको बेइजिङ गएका हुन् । भ्रमणका क्रममा खनालले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का उच्च नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । 

    त्यसक्रममा खनालले नेपाल–चीन द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, परम्परागत मैत्री तथा विभिन्न क्षेत्रमा आपसी सहयोग विस्तारका सम्बन्धमा उच्चस्तरीय छलफल गर्ने बताइएको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - १२:२०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij