Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने

करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने


  • 1.3K
    Shares

    करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने
    images

    काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित रु १५ लाख ७१ हजार २५० क्षतिपूर्ति प्रदान गर्ने भएको छ ।

    प्राधिकरण सञ्चालक समितिको हालैको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहितको उक्त रकम स्वीकृत गरेको हो ।

    प्राधिकरणका अनुसार नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका–२, घुसेरीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका क्रममा बालकले नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छुँदा सो दुर्घटना भएको थियो ।

    उक्त रकम सुस्ता पूर्व वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कानुनी व्यवस्था र विगतका नजिरहरुका आधार पीडित बालकको परिवारलाई सहयोग गरिएको बताएका छन् ।

    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - १२:१२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij