Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

त्रिभुवन विमानस्थल नजिक खुला फोहोर, बर्ड स्ट्राइकको उच्च जोखिम (तस्बिरसहित)

त्रिभुवन विमानस्थल नजिक खुला फोहोर, बर्ड स्ट्राइकको उच्च जोखिम (तस्बिरसहित)


  • 974
    Shares

    त्रिभुवन विमानस्थल नजिक खुला फोहोर, बर्ड स्ट्राइकको उच्च जोखिम  (तस्बिरसहित)
    images

    काठमाडौं । देशकै प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको पछाडिपट्टि खुला रूपमा फोहोर थुपारिँदा हवाई उडान सुरक्षा र जनस्वास्थ्यमा गम्भीर असर परेको छ । खुला क्षेत्रमा मासुका अवशेष, कुहिएका फलफूल तथा प्लास्टिकयुक्त फोहोर फाल्ने क्रम बढेपछि आकाशमा चिल, गिद्ध, भुस्याहा कुकुर र कौवाको चहलपहल तिब्र बनेको छ ।

    जसका कारण दैनिक उडान र अवतरणमा बर्ड स्ट्राइकको ठूलो जोखिम बढेको छ । विमानस्थलको रनवे एप्रोच लाइट र तारबार नजिकै जथाभावी फोहोर थुपारिएको र यसले उडानमै अवरोध पु¥याएको चौतर्फी गुनासो आएपछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा एक टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । 

    ‘अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै खुला फोहोर फाल्नु उडान सुरक्षामा गम्भीर आँच पु¥याउनु हो । फोहोरका कारण पंक्षीहरू आएर उडान प्रभावित हुने समस्या रहन्छ ।’

    अनुगमनका क्रममा विमानस्थलको पर्खालसँगै जोडिएका कच्ची सडक र खुला जग्गामा मासु पसलबाट ल्याइएका हड्डी तथा छालायुक्त फोहोर, फलफूलका अवशेष, र ढलको दूषित पानी सडकमै थुप्रिएर गन्हाउने अवस्था पाइएको छ । वर्षातको समयमा फोहोरको लेदो सडकभरि फैलिँदा वरपरका स्थानीय बासिन्दामा झाडापखाला, हैजा र डेंगु जस्ता संक्रामक रोग फैलिने उच्च जोखिमसमेत देखिएको छ । 

    अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्र आसपास खुला फोहोर फाल्नु राष्ट्रिय सुरक्षा र नागरिकको जीवनमाथि नै ठूलो खेलबाड हो । हवाई उडानको दृष्टिकोणले यो अति नै संवेदनशील क्षेत्र हो । फोहोरका कारण चिल र गिद्ध आकाशमा झुम्मिँदा जहाज दुर्घटनाको ठूलो खतरा रहन्छ । जथाभावी फोहोर फाल्ने व्यक्ति तथा फार्महरूलाई तत्काल कडा कारबाही गर्नुपर्छ । 

     

    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - ११:१६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij