Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पक्राउ परेका शंकर अग्रवाललाई अदालत उपस्थित गराइयो

पक्राउ परेका शंकर अग्रवाललाई अदालत उपस्थित गराइयो


  • 1.5K
    Shares

    पक्राउ परेका शंकर अग्रवाललाई अदालत उपस्थित गराइयो
    images

    काठमाडौं । पक्राउ परेका व्यवसायी शंकरलाल अग्रवाल प्रहरीले उच्च अदालत पाटनमा उपस्थित गराएको छ ।

    शंकरलाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार डिल्लीबजारबाट पक्राउ गरेको थियो । शंकरलाई बुधबार नै उच्च अदालत पाटन उपस्थित गराएको ब्युरोका एसएसपी अनुपशमशेर राणाले बताए ।

    अग्रवाल परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरेको थियो । शंकरलालका छोरा शुलभ अग्रवाल हाल सोही अभियोगमा पुर्पक्षका लागि थुनामा छन् । 

    व्यवसायी दीपक भट्टसित अग्रवाल परिवार जोडिएको खुलेपछि अनुसन्धान थालिएको थियो । सम्पत्ति शुद्धीकरण कसुरमै दीपक भट्टसमेत थुनामा पुगेका छन् । शंकललालविरुद्ध बैंकिङ कसुरको मुद्दासमेत छ ।  

    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - १८:१८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij