Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

व्यवसायी शंकर अग्रवाल पक्राउ

व्यवसायी शंकर अग्रवाल पक्राउ


  • 1.1K
    Shares

    व्यवसायी शंकर अग्रवाल पक्राउ
    images

    काठमाडौं । व्यवसायी शंकर लाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । 

    अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी अनुपम शमशेर जबराले बताएका छन् ।

    एसपी जबराका अनुसार अग्रवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार थिए । अग्रवाल व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन् । सीआईबीले अनुसन्धान गरेको कर्जा दुरुपयोग सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ । सीआईबीले उनलाई उच्च अदालतमा उपस्थित गराउने भएको छ ।

    यसअघि उनी २०८२ चैतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेर छुटेका थिए । 

     

    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - १७:०३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij