Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

मिटरब्याज पीडितसँगको सम्झौता मन्त्रिपरिषद्बाट अनुमोदन, फर्जी लिखत खारेज हुने

मिटरब्याज पीडितसँगको सम्झौता मन्त्रिपरिषद्बाट अनुमोदन, फर्जी लिखत खारेज हुने


  • 2.8K
    Shares

    मिटरब्याज पीडितसँगको सम्झौता मन्त्रिपरिषद्बाट अनुमोदन, फर्जी लिखत खारेज हुने
    images

    काठमाडौं । मिटरब्याज पीडित र सरकारी पक्षबिच भएको सम्झौतालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ । 

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्न गठित समिति र आन्दोलनरत पक्षबिच साउन १ गते भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको हो ।

    शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले यो निर्णयसँगै मिटरब्याजसँग सम्बन्धित सबै लिखतहरू आजकै मितिदेखि अवैध भएको बताए ।

    सरकार र मिटरब्याज विरुद्ध आन्दोलनका प्रतिनिधिबिच भएको समझदारीलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले यस्तो निर्णय लिएको हो । यसबाट मिटरब्याज पीडितले न्याय पाउने र फर्जी कागजातका आधारमा भइरहेको शोषण अन्त्य हुने विश्वास सरकारले लिएको छ ।

     

    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - १६:२३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij