Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अख्तियारको पत्रपछि सेनामा अनुसन्धानको तयारी, प्रदीप अधिकारीकी पत्नीमाथि छानबिन हुने

अख्तियारको पत्रपछि सेनामा अनुसन्धानको तयारी, प्रदीप अधिकारीकी पत्नीमाथि छानबिन हुने


  • 2.8K
    Shares

    अख्तियारको पत्रपछि सेनामा अनुसन्धानको तयारी, प्रदीप अधिकारीकी पत्नीमाथि छानबिन हुने
    images

    काठमाडौं । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गतिविधिमा संलग्न भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेनालाई अनुसन्धान गर्न पत्राचार गरेको छ।

    अख्तियारले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीकी पत्नी सुफल केसीमाथि अनुसन्धान गर्न नेपाली सेनाको जंगी अड्डामा पत्र पठाएको हो।

    सुफल केसी नेपाली सेनाकी प्राविधिक सह-सेनानी (क्याप्टेन) हुन्। अख्तियारले सार्वजनिक गरेको विवरणमा अधिकारीकी पत्नी पनि जग्गा कारोबारमा संलग्न रहेको उल्लेख गरे पनि उनको नाम र पदबारे भने तत्काल खुलाइएको थिएन।

    अख्तियारले प्रदीप अधिकारीविरुद्ध घुस लिएको र त्यसबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। विमानस्थल निर्माणसँग सम्बन्धित ठेकेदार कम्पनीका सञ्चालकहरूसँग भएको जग्गा कारोबारमा सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाउँदै अख्तियारले एक करोड ७१ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ।

    अख्तियारका अनुसार अधिकारीले केही कारोबार पत्नी सुफल केसीको बैंक खातामार्फत गरेको आरोप छ। सोही आधारमा उनकी पत्नीमाथि समेत आवश्यक अनुसन्धान गर्न सेनालाई पत्राचार गरिएको हो।

    अख्तियारको निर्णयमा प्रचलित कानुनअनुसार आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सुफल केसीको हकमा रक्षा मन्त्रालय र नेपाली सेना जंगी अड्डालाई पत्र पठाउने निर्णय गरिएको उल्लेख छ।

    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - १४:४०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij