२०८३ आश्विन २ गते शुक्रवार
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रुपमा प्रश्ताव दर्ता गराएका हुन् । सार्वजनिक महत्वको प्रश्ताव दर्ता गरेसँगै सञ्चारकर्मीहरुसँग बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक पदमबहादुर परियारले मनसुन शुरु भइसक्दासमेत सरकारले प्रभावकारी पूर्वतयारी गर्न नसकेको आरोप लगाएका छन् । उनले गत वर्ष मनसुनका कारण १ सय ४० भन्दा बढी नागरिकको ज्यान गएको र १४ हजारभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै यस्ता घटनाबाट हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको बताएका छन्।
हाल राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण समेत नेतृत्वविहीन रहेको उल्लेख गर्दै उनले विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने आशंका व्यक्त गरेका छन् । उनले सरकारलाई नागरिकको जिउधनको सुरक्षाप्रति थप जिम्मेवार र संवेदनशील बनाउन सार्वजानिक महत्वको प्रश्ताव संसदमा दर्ता गराएको उनले जानकारी दिएका छन् ।
विपद्को असर सबै समुदायमा समान नपर्ने उल्लेख गर्दै उहाँले गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति, जनजाति लगायतका समूहका आवश्यकतालाई ध्यानमा राखेर पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन्। पूर्वसूचना प्रणाली, उद्धार सामग्री, उद्धारकर्मीको तयारी, बजेट व्यवस्थापन तथा स्थानीय तहसम्म समन्वय संयन्त्रको प्रभावकारिताबारे सरकारले संसदलाई स्पष्ट पार्नुपर्ने उनको माग छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij