२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले दार्चुला पुगेर सत्याग्रहमा बस्ने घोषणा गरेका छन्।
बुधबार डा। केसीले प्रेस विज्ञप्ति जारी गर्दै आफूले राखेका मागप्रति सरकारले बेवास्ता गरेकाले साउन ७ गतेदेखि पुनः सत्याग्रहमा बस्ने घोषणा गरेका थिए। यसअघि डा।केसीले साउन ५ गतेसम्म माग सम्बोधन गर्न अल्टिमेटम दिएका थिए। आफूले राखेका जायज माग सम्बोधन गर्न सरकारले तत्परता नदेखाएकाले सत्याग्रहमा बस्न बाध्य भएको जनाएका छन्।
‘हाम्रा यी जायज मागहरूप्रति २०८३ साउन ५ गतेसम्म सम्बोधन गर्न दिइएको समयसीमालाई सरकारले पूर्ण रूपमा बेवास्ता गरेको छ,’ डा। केसीले भनेका छन्, ‘जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षाको सुधारका लागि सरकारको यो संवेदनहीनताका कारण म साउन ७, २०८३ देखि पुनः सत्याग्रह सुरु गर्दै छु।’
यसबाट उत्पन्न हुने परिस्थितिका लागि सरकार जिम्मेवार हुने उनले जनाएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij