Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद

जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद


  • 911
    Shares

    जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
    images

    काठमाडौं । दाङको बङगलाचुली गाउँपालिका-८ स्थित घोरलभिरबाट ११ नाल भरुवा बन्दुक बरामद गरिएको छ ।

    बुधबार बिहान करिब ९ बजे उक्त क्षेत्रमा झाडीभित्र भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो ।

    खोजीका क्रममा झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) गरी कुल ११ नाल भरुवा बन्दुक फेला पारी बरामद समेत गरी थप अनुसन्धान समेत भइरहेको छ ।

     

    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - १२:४२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij