Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कीर्तिपुर कार आगलागी : सुरेशचन्द्र श्रेष्ठले आफैँ आगो लगाएर आत्मदाह गरेको प्रहरी निष्कर्ष

कीर्तिपुर कार आगलागी : सुरेशचन्द्र श्रेष्ठले आफैँ आगो लगाएर आत्मदाह गरेको प्रहरी निष्कर्ष


  • 1.4K
    Shares

    कीर्तिपुर कार आगलागी : सुरेशचन्द्र श्रेष्ठले आफैँ आगो लगाएर आत्मदाह गरेको प्रहरी निष्कर्ष
    images

    काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत भेटिएका सुरेशचन्द्र श्रेष्ठले आफैँ आगो लगाएर आत्मदाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    काठमाडौं  महानगरपालिका-२६ नरदेवीका श्रेष्ठ परिवारसँग कीर्तिपुरस्थित ग्रिन उड भिल्लामा बस्दै आएका थिए। मंगलबार बिहान उनी आफैँले चलाएको बा.५ च ३०३८ नम्बरको कार लिएर कीर्तिपुरको ट्याङ्गलाफाँटस्थित चाँदनी चोक पुगेका थिए।

    प्रहरीका अनुसार उनले सडकबाट केही पर रहेको खाली स्थानमा कार पार्किङ गरेपछि कारभित्रै आगलागी भएको थियो। घटनास्थल नजिक रहेका एक युवकले कारमा आगो लागेको देखेपछि तत्काल उद्धार प्रयास गरेका थिए। सिसिटिभी फुटेजमा उनले कारको अगाडिको ढोका खोलेर चालकलाई निकाल्ने प्रयास गरेको देखिएको छ। तर ढोका खोल्ने क्रममा उनको हातसमेत जलेपछि उनी पछि हटेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौं र कीर्तिपुर वृत्तको अनुसन्धानले घटनामा अन्य व्यक्तिको संलग्नता नरहेको देखाएको छ। काठमाडौंका प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार हालसम्मको अनुसन्धानबाट श्रेष्ठले आफैँ आगो लगाएर आत्मदाह गरेको निष्कर्ष निकालिएको छ।

    घटनास्थल पुगेको प्रहरीले आगो नियन्त्रणमा लिएपछि श्रेष्ठलाई चालक सिटमै मृत अवस्थामा फेला पारेको थियो। उनी औषधी व्यवसायमा संलग्न रहेको खुलेको छ।

    प्रहरीका अनुसार कोरोना महामारीपछि औषधी व्यवसायमा घाटा भएपछि श्रेष्ठ आर्थिक समस्यामा परेका थिए। पारिवारिक स्रोतले पनि पछिल्लो समय उनी ऋण र आर्थिक तनावमा रहेको जनाएको छ। आर्थिक समस्याकै कारण उनले यस्तो कदम चालेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।

    श्रेष्ठको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ। यातायात व्यवस्था विभागको विवरणअनुसार उनले प्रयोग गरेको कार सुरेशचन्द्र श्रेष्ठ र रजनी श्रेष्ठको नाममा रहेको खुलेको छ।

    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - १२:०५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij