Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन

माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन


  • 1.0K
    Shares

    माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघर मण्डला क्षेत्र डुबानमा परेपछि यसलाई गम्भीरतापूर्वक लिँदै प्राविधिक कारण पहिचान गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।

    हालैका वर्षाका क्रममा माइतीघर क्षेत्र जलमग्न हुँदै आएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौँ तथा महानगरपालिकाका सम्बन्धित विभागका अधिकारीलाई घटनाको प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन निर्देशन दिएकी हुन्।  

    मंगलबार साँझको अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग तथा महानगर प्रहरी बलका अधिकारीको सहभागिता रहेको थियो।

    स्थलगत अनुगमनका क्रममा डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख सुवोध देवकोटाले माइतीघर क्षेत्रमा ९० सेन्टिमिटर व्यासको ढल रहेको तर निकास हुने स्थानमा ६० सेन्टिमिटरको मात्र ढल भएकाले पानीको निकास प्रभावित भएको प्रारम्भिक जानकारी दिएका थिए। उनले यो डुबानको एउटा कारण भए पनि यही मात्र कारण नभएको बताएका थिए।

    अधिकारीहरूले माइतीघर मण्डला वरपर भवन तथा अन्य संरचना निर्माणका क्रममा ढल निकास प्रणालीमा अवरोध सिर्जना भएकाले त्यस्ता अवरोध हटाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

     

    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - १०:४६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij