Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

दोलखामा बाढीमा परेर एक जना बेपत्ता, भागेका ४ जना भीरमा फसे

दोलखामा बाढीमा परेर एक जना बेपत्ता, भागेका ४ जना भीरमा फसे


  • 4.3K
    Shares

    दोलखामा बाढीमा परेर एक जना बेपत्ता, भागेका ४ जना भीरमा फसे
    images

    दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका-९ सिप्रिङ खोलामा आएको बाढीमा परेर एक जना बेपत्ता भएका छन् । बाढी आएपछि भागेका ४ जना भीरमा फसेका छन्  । 

    मंगलबार राति सिप्रिङ खोला जलविद्युत्‌को बाँधस्थल मुलखर्कमा आएक‍ो बाढीमा परेर चस्मान तामाङ बेपत्ता भएको गौरीशंकर–९ का अध्यक्ष निमगेली शर्पाले बताए ।

    गोठ लिएर मुलखर्क पुगेका तामाङलाई गोडसहित बाढीले बगाएको उनले बताए । उनका अनुसार बाढी आएपछि भागेर ओडारमा बसेका सिप्रिङ खोला हाईड्रोपावरका ४ जना कर्मचारी भीरमा फसेका छन् ।

    बाढी र पहिरोले त्यस क्षेत्र आउने–जाने बाटो बगाएपछि उनीहरू भीरमा फसेका हुन् । निरन्तर लेदोसहितको पहिरो आइरहेकाले उनीहरू भीरको ओडारमा उद्वार हुने आसमा बसेको शेर्पाले बताए ।

    उनीहरूको उद्वारका लागि त्यस क्षेत्रमा नेपाली सेना, ससस्त्र र नेपाल प्रहरी परिचालन भएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - ०८:२८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij