Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

मुख्यमन्त्री कमलबहादुर शाहले गरे कांग्रेस सदस्यता अध्यावधिक

मुख्यमन्त्री कमलबहादुर शाहले गरे कांग्रेस सदस्यता अध्यावधिक


  • 2.0K
    Shares

    • images
    मुख्यमन्त्री कमलबहादुर शाहले गरे कांग्रेस सदस्यता अध्यावधिक
    images

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसको सक्रिय सदस्यता अध्यावधिक गरेका छन् । कांग्रेसभित्र शेरबहादुर देउवा पक्षसँग निकट मानिने शाहले कैलालीको लम्कीचुहा नगरपालिका–१ बाट आफ्नो सक्रिय सदस्यता नवीकरण गरेका हुन् ।

    कांग्रेस स्रोतका अनुसार उनले साउन ३ गते नै सदस्यता अध्यावधिक गरेका थिए । उनको सक्रिय सदस्यता (एनसीआईडी) ७६३७४९१ रहेको छ । कांग्रेसले सक्रिय सदस्यता अध्यावधिकको समयसीमा पटक–पटक थप्दै गएपछि शाहले सोमबार प्रक्रिया पूरा गरेका हुन् ।

    शाह विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाउने नेतामध्ये एक थिए । अदालतको निर्णयपछि भने उनले गगन थापालाई सभापतिका रूपमा स्वीकार गरेको बताएका थिए ।

    यसअघि गगन थापाको उपस्थितिमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाहले पार्टीका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका र योगदान’ पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने बताएका थिए । उनले कांग्रेसभित्र सबै पक्षलाई सम्मानजनक स्थान दिँदै संगठनलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने धारणा पनि व्यक्त गरेका थिए ।

    कांग्रेसभित्र पार्टी विभाजनको चर्चा चलिरहेका बेला मुख्यमन्त्री शाहले सक्रिय सदस्यता अध्यावधिक गरेकाले यसलाई राजनीतिक रूपमा अर्थपूर्ण कदमका रूपमा हेरिएको छ ।

    images
    प्रकाशित मिति :श्रावण ५ २०८३ मंगलवार - १९:५७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij