Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अख्तियारको अर्को मुद्दा दायर

क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अख्तियारको अर्को मुद्दा दायर


  • 1.0K
    Shares

    क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अख्तियारको अर्को मुद्दा दायर
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ ।

    अख्तियारले अधिकारीले पदको दुरुपयोग गरी १ करोड ७१ लाख रुपैयाँ घुस लिएको र उक्त रकमबाट जग्गा खरिद गरी सम्पत्ति शुद्धीकरण गरेको दाबी गरेको छ ।

    आयोगका अनुसार महानिर्देशक पदमा रहँदा अधिकारीले प्राधिकरणअन्तर्गतका विभिन्न ठेक्काको स्वीकृति, अनुगमन र भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिएबापत गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालबाट घुस लिएका थिए ।

    अनुसन्धानका क्रममा अधिकारीले उक्त रकम लुकाउन श्रीमतीको नाममा ललितपुरमा १३ आना जग्गा खरिद गरेको अख्तियारको दाबी छ । जग्गा खरिद गर्दा सरकारी कागजातमा ९१ लाख रुपैयाँ मात्रै देखाएर वास्तविक कारोबार लुकाइएको आयोगले जनाएको छ ।

    अख्तियारले अधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत छुट्टाछुट्टै सजायको माग गरेको छ । भ्रष्टाचार मुद्दामा १ करोड ७१ लाख रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजाय माग गरिएको छ ।

    यस्तै, घुस दिएको आरोपमा गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकाललाई समेत प्रतिवादी बनाइएको छ । उनलाई घुस लेनदेन र सम्पत्ति शुद्धीकरणमा मतियारको भूमिका खेलेको अभियोग लगाइएको छ । 

    अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अधिकारी राष्ट्रसेवक कर्मचारी भएकाले गम्भीर प्रकृतिको कसुरमा थप सजायको समेत माग गरिएको छ ।

    प्रकाशित मिति :श्रावण ५ २०८३ मंगलवार - १७:५६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij