Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बिजुलीको भ्याट पनि सच्याउन गगन थापाको माग

बिजुलीको भ्याट पनि सच्याउन गगन थापाको माग


  • 932
    Shares

    बिजुलीको भ्याट पनि सच्याउन गगन थापाको माग
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।

    मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले समता करको व्यवस्था सुरुदेखि नै अनुपयुक्त रहेको बताएका हुन् । सरकारले सामाजिक यथार्थलाई स्वीकार गर्दै कर लागू नगर्ने निर्णय गर्नु सकारात्मक कदम भएको उनको भनाइ छ ।

    थापाले निजी विद्यालय र अस्पताल प्रयोग गर्ने सबै नागरिक आर्थिक रूपमा सम्पन्न नभएको उल्लेख गर्दै धेरैका लागि निजी क्षेत्रका सेवा बाध्यता बनेको बताए । निजी क्षेत्रलाई शिक्षा र स्वास्थ्य प्रणालीको महत्वपूर्ण साझेदारका रूपमा लिनुपर्ने उनको धारणा छ ।

    उनले सेवा प्रवाहमा थप कर वा शुल्कको भार थप्दा समस्या समाधान नहुने भन्दै समता शुल्कले समानता नभई असमानता बढाउने टिप्पणी गरे ।

    सरकारको निर्णयलाई प्रभावकारी बनाउन आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया तत्काल पूरा गर्न पनि थापाले आग्रह गरेका छन् । साथै उनले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) को व्यवस्थासमेत पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन् ।  

     

    प्रकाशित मिति :श्रावण ५ २०८३ मंगलवार - १७:३४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij