Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

काठमाडौं महानगरपालिकामा ६० देखि ६४ वर्ष उमेरका व्यक्तिलाई भोलिदेखि भेरोसेलको पहिलो डोज दिइने

काठमाडौं महानगरपालिकामा ६० देखि ६४ वर्ष उमेरका व्यक्तिलाई भोलिदेखि भेरोसेलको पहिलो डोज दिइने

  • 8.9K
    Shares

    काठमाडौं महानगरपालिकामा ६० देखि ६४ वर्ष उमेरका व्यक्तिलाई भोलिदेखि भेरोसेलको पहिलो डोज  दिइने

    काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र ६० देखि ६४ वर्ष उमेरका व्यक्तिलाई भोलि (मंगलबार)देखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।

    यही जेठ २९ गतेसम्म भेरोसेलको पहिलो डोज लगाइने महानगरपालिकाले जनाएको छ । खोप लगाउने समय बिहान १० देखि अपराह्न ४ बजेसम्म निर्धारण गरिएको छ ।

    आफूलाई पायक पर्ने वडा कार्यालयमा गएर खोप लगाउन सकिनेछ । खोप लगाउनका लागि उमेर खुल्ने परिचयपत्र अनिवार्य गरिएको छ ।

    भेरोसेलको पहिलो डोज लगाइसकेकालाई अहिले तत्काल दोस्रो डोज दिइने छैन । कोरोना संक्रमण भएका व्यक्तिले एक महिना पूरा भएपछि मात्रै यो खोप लगाउन पाउने महानगरले जनाएको छ ।

    j.jpg

    प्रकाशित मिति :जेठ २४ २०७८ सोमवार - १०:४५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij