Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

एउटै कामका लागि परराष्ट्र र श्रम मन्त्रालयका दुई एप

एउटै कामका लागि परराष्ट्र र श्रम मन्त्रालयका दुई एप


  • 953
    Shares

    एउटै कामका लागि परराष्ट्र र श्रम मन्त्रालयका दुई एप
    images

    काठमाडौं । बालेन नेतृत्वको सरकारले सुशासन र सेवा प्रवाहलाई प्राथमिकता दिँदै विभिन्न निकायको दोहोरो काम हटाउने नीति अघि सारे पनि सिंहदरबारभित्रै समान प्रकृतिका डिजिटल सेवा सञ्चालनमा आएका छन् ।

    विदेशमा रहेका नेपाली नागरिकका समस्या समाधान गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ एप सञ्चालनमा ल्याएको छ भने युवा, श्रम तथा रोजगार मन्त्रालयले पनि वैदेशिक रोजगारीसँग सम्बन्धित उजुरी व्यवस्थापनका लागि ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ पोर्टल सार्वजनिक गरेको छ ।

    परराष्ट्र मन्त्रालयको एपमार्फत विदेशमा समस्यामा परेका नेपालीको उद्धार, मृत्यु भएका नागरिकको शव नेपाल ल्याउने प्रक्रिया, क्षतिपूर्ति तथा बीमा दाबी, दूतावाससँग सम्पर्क र कन्सुलर सेवासम्बन्धी जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।

    यस्तै श्रम मन्त्रालयको नयाँ पोर्टलमार्फत वैदेशिक रोजगारीका क्रममा ठगी वा अन्य समस्या भोगेका श्रमिकले अनलाइनबाटै उजुरी दर्ता गर्न सक्नेछन् । आवश्यक कागजात डिजिटल माध्यमबाट पठाउन सकिने र उजुरीको अवस्थाबारे ट्र्याकिङ सुविधा पनि उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

    श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले आफूहरूले विदेशमा रहेका पीडित श्रमिकको उजुरी सहज व्यवस्थापनका लागि पोर्टल ल्याएको बताए । उनका अनुसार अब पीडितले काठमाडौं आएर मात्रै उजुरी दिनुपर्ने बाध्यता हट्नेछ ।

    वैदेशिक रोजगारीमा हुने ठगी र समस्यालाई प्रविधिमार्फत छिटो सम्बोधन गर्ने उद्देश्यले सुरु गरिएको यो प्रणाली नेपाल प्रहरीको केन्द्रीय प्रणालीसँग समेत जोडिएको मन्त्रालयले जनाएको छ ।

    तर, विदेशमा रहेका नेपालीका समस्या समाधान गर्ने उद्देश्य भएका दुई फरक डिजिटल प्रणाली सञ्चालनमा आएपछि सरकारी निकायबीच समन्वयको प्रश्न उठेको छ ।  

    प्रकाशित मिति :श्रावण ५ २०८३ मंगलवार - १६:१३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij