Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए

कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए


  • 946
    Shares

    कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शिक्षा क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाउने निर्णय गरेलगत्तै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निजी विद्यालय सञ्चालकहरूलाई आकस्मिक छलफलका लागि बोलाएका छन्।

    शिक्षा मन्त्रालयमा मंगलबार अपराह्न ४ बजे बस्ने गरी निजी विद्यालय सञ्चालकहरूलाई आमन्त्रण गरिएको शिक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ। बैठकमा सरकारले शिक्षामा ३ प्रतिशत कर हटाएको नयाँ परिस्थिति र शिक्षा क्षेत्रका अन्य समसामयिक विषयहरूमा केन्द्रित रहेर छलफल हुने सचिवालयको भनाइ छ।

    उक्त छलफलमा निजी विद्यालयहरूको छाता संगठन प्याब्सन, एन-प्याब्सन र हिसानका प्रतिनिधिहरूलाई बोलाइएको छ। प्याब्सनका महासचिव आरबी कटुवालले शिक्षा समता कर र समसामयिक शैक्षिक मुद्दाहरूमा छलफलका लागि मन्त्रालयबाट आधिकारिक जानकारी आएको पुष्टि गरेका छन्।

    उनका अनुसार छलफलका लागि प्रत्येक संस्थाबाट ३-३ जना प्रतिनिधिलाई मन्त्रालयमा उपस्थित हुन भनिएको छ।

     

     

     

     

     

     

    प्रकाशित मिति :श्रावण ५ २०८३ मंगलवार - १५:३८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij