२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार पनि शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ७.२५ अंकले बढेर २,७२६ को विन्दुमा कायम भएको छ ।
आज १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४३ कम्पनीको १ करोड ४९ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड माथिको शेयर कारोबार भएको छ ।
व्यापार सबैभन्दा धेरै २.८८ प्रतिशत बढेको छ । त्यस्तै अन्य १.२०, उत्पादन तथा प्रशोधन ०.६४, लगानी ०.४९ तथा बैंकिङ ०.०९ प्रतिशत बढेको छ । विकास बैंक ०.४०, फाइनान्स ०.६२, होटल तथा पर्यटन ०.२३, जलविद्युत् ०.०५, जीवन बीमा ०.१७, माइक्रोफाइनान्स ०.०२, निर्जीवन बीमा ०.१४ प्रतिशत घटेको छ ।
हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढेको छ । कालंगा हाइड्रोपावरको ७.५०, बोटलर्स नेपाल बालाजुको ७.४२, सानीगढ हाइड्रोपावरको ६.५६, स्नो रिभर्सको ६.०२, रिडी पावरको ५.३४ प्रतिशत मूल्य बढेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ६.५४, भुजुङ हाइड्रोपावरको ४.५८, चिरख्वा हाइड्रोपावरको ४.४४ प्रतिशत मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ३१ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको २७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij