२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा भेटिएका एक जना पुरुषको शव निकालिएको छ । प्रहरीले शव निकालेर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको हो ।
कीर्तिपुरको ट्याङ्लाफाँट स्थित चाँदनी चोकमा मंगलबार बिहान ११ बजेर २० मिनेटमा अचानक कारमा आगलागी भएको हो ।
आगलागीमा परेर कार चालक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले बताएका छन् । आगलागी भएको बा.५ च ३०३८ नम्बरको कार नबिल बैंकबाट ऋण लिएर किस्तामा खरिद गरेको भेटिएको छ ।
कार धनीको पहिचान भए पनि चालक र धनी एकै हुन कि होइनन् भन्नेबारे अनुसन्धान भइरहेको एसएसपी घिमिरेले जानकारी दिएका छन् । सेतो रङ्गको किया गाडी चाँदनी चोकमा आएर रोकिएको र सुरुमा गाडीभित्रबाट सानो आगो सल्केको देखिएको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij