Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भक्तपुरमा १८ वर्षीया किशोरी मृत फेला, सँगै गएका चार जना पक्राउ

भक्तपुरमा १८ वर्षीया किशोरी मृत फेला, सँगै गएका चार जना पक्राउ


  • 1.8K
    Shares

    भक्तपुरमा १८ वर्षीया किशोरी मृत फेला, सँगै गएका चार जना पक्राउ
    images

    काठमाडौं । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नम्बर–१ स्थित लुम्बिनी गेस्ट हाउसबाट खसेर एकजना किशोरीको मृत्यु भएको छ । सोमबार १८ वर्षीया सलिना श्रेष्ठ गेस्ट हाउसबाट खसेकी हुन् ।

    दोलखा घर भएर चाँगुनारायण नगरपालिका वडा नम्बर–९ मा बस्दै आएकी सलिना आफ्ना सथिहरुसँग गेस्ट हाउसमा गएकी थिइन् । उनको शव पोष्टमार्टमका लागी दुवाकोट स्थित केएमसी अस्पतालमा पठाइएको छ ।

    घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कुमार कार्कीले बताए । सलिनासँगै गेष्टहाउमा गएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानको लागि दुईजना महिला र दुईजना पुरुषलाई नियन्त्रणमा लिइएको एसपी कार्कीले बताए । 

    सलिना आफैँ गेस्टहाउसबाट खसेकी हुन् वा धकेलेर लडाइएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले घटनाबारे सोधपुछ गरिरहेको छ । 

    प्रकाशित मिति :श्रावण ५ २०८३ मंगलवार - ११:०३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij